काभ्रेली पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

नौलो समाचार संवाददाता
२०७८ बैशाख २५, शनिबार मा प्रकाशित ३७८ पटक पढिएको
काभ्रेली पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

बैशाख २५, काभ्रे। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं नमोबुद्ध नगरपालिका-३ भकुण्डे घर भएका पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन भएको छ ।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोस्ट न्यूज डटकमका सम्पादकरप्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।


प्रतिक्रिया दिनुहोस