काभ्रेमा आज थपिए ४० जना संक्रमित, १२ जनाले जिते कोरोना, ५ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख २६, आईतबार मा प्रकाशित ९५८ पटक पढिएको
काभ्रेमा आज थपिए ४० जना संक्रमित, १२ जनाले जिते कोरोना, ५ जनाको मृत्यु

बैशाख २६, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (आइतबार) थप ४० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका ४० जना मध्ये बनेपाका मात्र २१ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट धुलिखेलमा आज ९ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी पनौती नगरपालिकामा ४ जना, मण्डनदेउपुरमा २, पाँचखालमा २, नमोबुद्धमा २ जना गरी जम्मा ४० जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९९ पुगेको छ। जसमा ४९८ जना महिला र ६०१ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार ५९८ पुगेको कार्यालयले जनाएको छ।

६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ६ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा पनौतीकी ८७ वर्षीय महिलाको शिर मेमोरियल अस्पतालमा, धुलिखेलका ६२ वर्षीय महिला भक्तपुरकी ७६ वर्षीय महिलाको धुलिखेल अस्पतालमा र धुलिखेलका २७ र ५८ वर्षीय पुरुषको घरमा होम आइसोलेसनमा रहेको अवस्थामा निधन भएको हो।

१२ जना डिस्चार्ज

यसै गरी आज १२ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस