कोरोना पिडित भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ७७५ पटक पढिएको
कोरोना पिडित भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

बैशाख ३१. भक्तपुर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् ।

ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार गरी २० हजार रुपैया नगद सहयोग गरिएको अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् ।

पत्रकार ढकाल घरमै स्वास्थ्यलाभ गरिरहेकोले विहीबार उनको भाइमार्फत उक्त नगद अध्यक्ष प्रजापतिले हस्तान्तरण गरेका हुन् । पत्रकार ढकाललाई मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरिएको थियो ।

कोरोना संक्रमण भएपछि ढकालको भक्तपुर अस्पतालको हाई केयर युनिटमा उपचार भएको थियो । स्वास्थ्य स्थिति गम्भिर बन्दै गएपछि उनलाई मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयुमा राखी थप उपचार भएको थियो । उनी हाल डिस्चार्ज भई घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस