कोरोना काभ्रे: आज थपिए १५१ संक्रमित, ४४ जना डिस्चार्ज

४ जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित १२५२ पटक पढिएको
कोरोना काभ्रे: आज थपिए १५१ संक्रमित, ४४ जना डिस्चार्ज

बैशाख ३१, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (शुक्रबार) थप १५१ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका १५१ जना मध्ये बनेपाका मात्र ४० जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट धुलिखेलमा आज २७ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी नमोबुद्धमा नगरपालिकामा २० जना, पनौतीमा १६ जना, मण्डनदेउपुरमा ५, पाँचखालमा ३ जना रहेका छन् । यसैगरी तेमाल गाउँपालिकामा १७ जना, खानीखोलामा १६, भुम्लुमा ४, रोशीमा ३ जना गरी जम्मा १५१ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७२४ पुगेको छ। जसमा ७७६ जना महिला र ९४८ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ५ हजार ४१८ पुगेको कार्यालयले जनाएको छ।

४४ जना डिस्चार्ज

काभ्रे जिल्लामा आज ४४ जना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका ४४ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ४ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धुलिखेलका ३ पुरुष रहेका छन् भने दार्चुलाका एक पुरुषको निधन भएको हो। धुलिखेलका मृतक क्रमश ४८, ७७, र ९० वर्षका छन् भने दार्चुलाका ३३ वर्षका रहेका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस