आईसोलेसन बनाउन पाँचखाल नगरलाई लायन्स क्लबद्वारा १० सेट बेड हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ८३० पटक पढिएको
आईसोलेसन बनाउन पाँचखाल नगरलाई लायन्स क्लबद्वारा १० सेट बेड हस्तान्तरण

बैशाख ३१, काभ्रे। कोरोना माहामारीका विच पाँचखाल नगरपालिकालाई १० सेट वेड हस्तान्तरण गरिएको छ ।
नगरपालिकालाई लायन्स डिष्ट्रिक ३२५ ए २ नेपाल कोभिड व्यवस्थापन समितिले आईसोलसन बनाउनको लागि चाहिने बेड, मेट्रेक्स, तन्ना व्ल्याङ्केट लगायत १० सिट वेड हस्तान्तरण भएको हो ।

शुक्रबार नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, लायन्स क्लबको तर्फवाट चन्द्र ढकाल र कैलाश पलाञ्चोके लगायतले नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य शाखा संयोजक उज्वल अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

पाँचखाल नगर प्रमुख महेश खरेल, लायन्स क्लबको तर्फवाट विधान जोशी र चन्द्र ढकालको पहलमा नगरपालिकालाई वेड प्राप्त भएको हो ।
हस्तान्तरण कार्याक्रममा नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी तथा नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस