संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घर-घर पुग्दै पनौती नगरपालिका

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ७९९ पटक पढिएको
संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घर-घर पुग्दै पनौती नगरपालिका

बैशाख ३१, काभ्रे। पनौती नगरपालिकाले होम आईसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको छ।पनौती नगरपालिकाका उप-प्रमुख गीता बञ्जारा सहित डाक्टर स्वास्थ्यकर्मीको टोली नागरिकको स्वस्थ्य अवस्था बुझ्न घर-घर पुग्न थाल्नु भएको छ।

आज (शुक्रबार)बाट होम आईसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घर-घरै पुग्न थालिएको स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

आज नगरपालिकाको बिभिन्न ठाउँका १४ जना संक्रमितको स्वास्थ्य अबस्था बुझ्नुका साथै होम आईसोलेसनमा बस्दा ख्याल गर्नु पर्ने थप सल्लाह दिएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताउनुभयो । पनौती नगरपालिका काभ्रे जिल्लाकै कोरोना संक्रमणको दर उच्च भएको नगर मध्ये एक हो।


प्रतिक्रिया दिनुहोस