काभ्रेमा आज ९८ जनामा संक्रमण पुष्टि, १० जना संक्रमण मुक्त, ६ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ८३८ पटक पढिएको
काभ्रेमा आज ९८ जनामा संक्रमण पुष्टि, १० जना संक्रमण मुक्त, ६ जनाको मृत्यु

जेठ १, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (शनिबार) थप ९८ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको धुलिखेलमा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका ९८ जना मध्ये धुलिखेलका मात्र ५६ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट बनेपामामा आज ३१ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी मण्डनदेउपुर नगरपालिकामा ९ , भुम्लु गाउँपालिकामा १, चौरिदेउरालीमा १ जना गरी जम्मा ९८ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ८११ पुगेको छ। जसमा ८२३ जना महिला र ९८८ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ५ हजार ५१९ पुगेको कार्यालयले जनाएको छ।

१० जना डिस्चार्ज

काभ्रे जिल्लामा आज १० जना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका १० जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ६ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मण्डनदेउपुर नगरपालिकाका ८९ वर्षीय पुरुष, धुलिखेलका ६५ र ७९ वर्षीय महिला, धुलिखेलकै ७५ वर्षीय पुरुष रोशी गाउँपालिकाका ४० वर्षीय पुरुष र शिन्धुपल्चोकका ५० वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस