पनौतीमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म कुन वडामा कति संक्रमित?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २, आईतबार मा प्रकाशित १०८७ पटक पढिएको
पनौतीमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म कुन वडामा कति संक्रमित?

जेठ २, काभ्रे। पनौती नगरपालिकामा आज १२९ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ। वडागत स्वाब संकलन अभियान अन्तर्गत बैशाख ३० गते १४६ जनाको स्वाब संकलन गरिएकोमा १२९ जनामा कोरोना (कोभिड१९) संक्रमण पुष्टि भएको पनौती नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

पनौती नगरपालिका वडा नम्बर १२, वडा नम्बर १० र इन्द्रेश्वर प्रा.बिमा बैशाख ३० गते गरिएको स्वाब संकलन रिपोर्टमा ५६ जना पुरुष र ७३ महिला गरि जम्मा १२९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

पनौती नगरपालिका द्वारा कोभिड-१९ संग मिल्दो जुल्दो लक्षण भएका प्रत्येक वडाका नागरिकहरुको स्वाब संकलन जारी रहेको छ। अन्य वडाको स्वाब संकलन पछी थप संक्रमितको बिवरण आउने पनौती नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

हालसम्म पनौती नगरपालिकामा कोरोना विवरण

पनौती नगरपालिकामा कोरोनाको दोश्रो लहर सुरु भए यता ३५२ जनालाई संक्रमण पुष्टि भएको छ। जसमध्ये १०८ जना निको भैसकेका छन्।

नगरपालिका भित्र हाल हिजो जेठ १ गतेसम्म सक्रिय संक्रमितको संख्या २३६ रहेको छ। पनौतीमा हालसम्म ८ जनाको संक्रमणका कारण मृत्यु भएको नौती नगरपालिका स्वास्थ्य शाखाले दिएको तथ्यांकमा उल्लेख गरिएको छ।

कुन वडामा कति संक्रमित ?

पनौती नगरपालिकामा दोश्रो लहर सुरु भए यता जेठ २ गतेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी संक्रमित वडा नम्बर १० मा रहेका छन्। वडा नम्बर १० मा हासम्मको संक्रमितको संख्या ८१ रहेको छ। यस्तै वडा नम्बर ७ मा ७३ जना, वडा नम्बर ५ मा ४२, वडा नम्बर ४ मा ३१, वडा नम्बर ३ मा २८, वडा नम्बर ८ मा २७, वडा नम्बर १२ मा २५, वडा नम्बर ९ मा २३, वडा नम्बर २ मा ८, वडा नम्बर ११ मा ६, वडा नम्बर ६ मा ५, वडा नम्बर १ मा ३ जना गरी ३५२ जनालाई संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस