मंगलबार रातिदेखि बनेपा नगरपालिका क्षेत्र पूर्ण रुपमा शिल

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित २१५३ पटक पढिएको
मंगलबार रातिदेखि बनेपा नगरपालिका क्षेत्र पूर्ण रुपमा शिल

जेठ ३, काभ्रे। बनेपा नगरपालिका क्षेत्र पूर्ण रुपमा शिल गरिएको छ। जेठ ४ गते राती १२ बजेबाट बनेपा क्षेत्र शिल लागू हुनेछ भने जेठ १२ गते राती १२ बजेसम्म शिल जारी रहने छ। बनेपा नगरपालिका क्षेत्र पूर्ण रुपमा शिल ८ दिनसम्म जारी रहने छ।

काभ्रे जिल्लाकै सर्वाधिक संक्रमित रहेको बनेपामा कोभिड १९ को बढ्दो शृंखला तोड्न बनेपा क्षेत्र पूर्ण रुपमा शिल गरिएको बनेपा नगरपालिकाले एक सार्वजनिक सूचना मार्फत जानकारी गरेको छ।

उक्त समयमा औषधी पसल र उपचार अस्पताल बाहेक खाद्यान्न पसल, तरकारी तथा फलफुल पसल, दुग्धजन्य पसल र अन्य सम्पूर्ण व्यवशाय पूर्ण रुपमा बन्द रहने छ। यस्तै बैंक तथा वित्तीय सस्थाहरु पनि पूर्ण रुपमा बन्द रहने सूचनामा जनाईएको छ।

यसैगरी फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट, बिधुतको सेवा दिने कार्यालय/ सस्थाले न्युनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पुरा गरेर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

बनेपा नगरपालिकाद्वारा जारी सूचना :-


प्रतिक्रिया दिनुहोस