काभ्रेमा आज १७८ जनामा संक्रमण पुष्टि, १४० जना संक्रमण मुक्त

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ७६१ पटक पढिएको
काभ्रेमा आज १७८ जनामा संक्रमण पुष्टि, १४० जना संक्रमण मुक्त

जेठ ३, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (सोमबार) थप १७८ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका १७८ जना मध्ये बनेपाका मात्रै ६५ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट धुलिखेलमा आज २५ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी मण्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ।

आज मण्डनदेउपुर नगरपालिकामा ३८ जना, पाँचखाल नगरपालिकामा २५ जना, नमोबुद्धमा ९, पनौतीमा ८, चौरिदेउरालीमा गाउँपालिकामा ६, तेमाल गाउँपालिकामा १, भुम्लुमा १ जना गरी जम्मा १७८ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९८९ पुगेको छ। जसमा ९०६ जना महिला र १०८३ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ५ हजार ८९८ पुगेको कार्यालयले जनाएको छ।

१४० जना डिस्चार्ज

काभ्रे जिल्लामा आज १४० जना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका १४० जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ६ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज काभ्रेका ३ जनाको कोरोना संक्रमणबाट निधन भएको छ भने जेठ १, २ र बैशाख २१ निधन भएको व्यक्तिमा पनि संक्रमण भएको जनाईएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस