काभ्रेमा आज १८८ जनाले जिते कोरोना, १३७ जनालाई संक्रमण पुष्टि

५ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ५७३ पटक पढिएको
काभ्रेमा आज १८८ जनाले जिते कोरोना, १३७ जनालाई संक्रमण पुष्टि

जेठ ४, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (मंगलबार) हालसम्मकै सर्वाधिक १८८ जना उपचार पछि निको भएका छन्।

यस्तै, आज जिल्लामा आज थप १३७ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको धुलिखेलमा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका १३७ जना मध्येधुलिखेलका मात्रै ७१ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट बनेपामा आज ४३ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी पनौती नगरपालिकामा ११ जना, मण्डनदेउपुरमा २, पाँचखालमा १, रोशी गाउँपालिकामा ३, महाभारतमा २, चौरिदेउरालीमा १, खानीखोलामा १, बेथानचोकमा १, तेमालमा १ जना गरी जम्मा १३७ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९३८ पुगेको छ। जसमा ८७७ जना महिला र १०६१ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ६ हजार ०३८ पुगेको कार्यालयले जनाएको छ।

५ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ५ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज धुलिखेलका ६३ वर्षीय महिला, बनेपाका ७० र ७६ वर्षीय पुरुष, भक्तपुरका ६६ वर्षीय पुरुष र धादिङका ४८ वर्षीय महिलाको उपचारको क्रममा निधन भएको हो।बनेपाका एक जनाको शिर मेमोरियल अस्पतालमा निधन भएको हो भने अन्यको धुलिखेल अस्पतालमा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस