पनौतीमा थप ७७ जनालाई संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ९९७ पटक पढिएको
पनौतीमा थप ७७ जनालाई संक्रमण पुष्टि

जेठ ५, काभ्रे। पनौतीमा आज (वुधबार) थप ७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पनौती नगरपालिका वडा नम्बर १, ८, ९ , १० र इन्द्रेश्वर प्रा.बिमा बैशाख ३१ गते लिईएको स्वाब संकलनको रिपोर्ट आज आएको हो।

जसमा  १३० जनाको स्वाब संकलन गरिएकोमा ३९ पुरुष र ३८ महिला गरि जम्मा ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका संक्रमण अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिंङ (CICT) टिम सदस्य दिपेश घिमिरेले जानकारी दिनुभयो।

बागमती प्रदेशका काभ्रे सहित सिन्धुपाल्चोक, रामेछाप, रसुवा, नुवाकोट लगाएतका धेरै जिल्लाबाट जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्वाब परिक्षण हुने भएकोले चाप धेरै हुन गएकोले नतिजा केहि ढिलो हुन पुगेको घिमिरेले जानकारी दिनुभयो। अझै २०२ जनाको स्वाब परिक्षणको रिपोर्ट आउन बाकीं रहेको उहाले बताउनुभयो।

काभ्रेमा उच्च संक्रमित रहेका पालिकाहरु मध्ये पनौती नगर पनि एक हो। परिक्षणको रिपोर्ट आउन बाकीं रहेको र थप संक्रमितको संख्या बढ्न सक्ने बताईएको छ।


प्रतिक्रिया दिनुहोस