काभ्रेमा हालसम्मकै सर्वाधिक संक्रमित थपिए, १६६ जनाले जिते कोरोना

४ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ९७३ पटक पढिएको
काभ्रेमा हालसम्मकै सर्वाधिक संक्रमित थपिए, १६६ जनाले जिते कोरोना

जेठ ५, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (बुधबार) हालसम्मकै सर्वाधिक २८२ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणको हटस्पट रहेको पनौतीमा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका २८२ जना मध्ये पनौतीका मात्रै ८८ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट बनेपामा आज ६४ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी संक्रमण दर उच्च रहेको धुलिखेल नगरपालिकामा ४८ जना, मण्डनदेउपुरमा ३५, नमोबुद्धमा १५, पाँचखालमा ३, खानीखोला गाउँपालिकामा १३, भुम्लुमा १२, चौरिदेउरालीमा ४ जना गरी जम्मा २८२ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ०५३ पुगेको छ। जसमा ९२८ जना महिला र ११२५ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ६ हजार २२३ पुगेको कार्यालयले जनाएको छ।

१६६ डिस्चार्ज

काभ्रे जिल्लामा आज १६६ जना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका १६६ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ४ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज पछिल्लो २४ घन्टाको अवधिमा नमोबुद्ध नगरपालिकाका ७५ वर्षीय महिला, पनौतीका ६३ वर्षिय पुरुष, बनेपाका ८४ वर्षीय महिला र धुलिखेलका ६४ वर्षीय महिलाको उपचार्कोक्रममा धुलिखेल अस्पतालमा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस