कोरोना काभ्रे: आज फेरी अर्को रेकर्ड, एकैदिन थपिए ४४२ संक्रमित, १३६ जनाले जिते कोरोना

पनौतीमा मात्र ११९ जना संक्रमित
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ६, बिहिबार मा प्रकाशित १०३७ पटक पढिएको
कोरोना काभ्रे: आज फेरी अर्को रेकर्ड, एकैदिन थपिए ४४२ संक्रमित, १३६ जनाले जिते कोरोना

जेठ ६, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (बिहिबार) हालसम्मकै सर्वाधिक ४४२ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणको हटस्पट रहेको पनौतीमा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका ४४२ जना मध्ये पनौतीका मात्रै ११९ जना रहेका छन्।

यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट बनेपा र धुलिखेलमा आज ७०/७० जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी संक्रमण दर उच्च रहेको नमोबुद्ध नगरपालिकामा २९ जना, मण्डनदेउपुरमा १२,  पाँचखालमा १ जना, यसैगरी गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा ४६ जना,  बेथानचोकमा ३५ जना, भुम्लुमा २७, महाभारतमा २४, चौरीदेउरालीमा ५, खानीखोलामा ३, तेमालमा १ जना गरी जम्मा ४४२ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ३५८ पुगेको छ। जसमा १०६९ जना महिला र १२८९ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ६ हजार ७६८ पुगेको कार्यालयले जनाएको छ।

१३६ डिस्चार्ज

काभ्रे जिल्लामा आज १३६ जना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका १३६ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ४ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज पछिल्लो २४ घन्टाको अवधिमा रोशी गाउँपालिकाका ६८ वर्षीय पुरुषको होम आइसोलेसनमा बसिरहेको अवस्थामा निधन भएको छ। यस्तै बनेपाका ३८ वर्षीय महिला, धुलिखेलका ७८ वर्षीय पुरुष, नमोबुद्धका ७० वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस