जेठ ६, काभ्रे। पनौती नगरपालिका क्षेत्रमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढिरहेको छ। दैनिक रुपमा पनौती नगरका विभिन्न क्षेत्रबाट स्वाब परिक्षणलागी आउने गरेका मध्येको धेरै जसो रिपोर्टमा संक्रमण देखिने गरेको छ। पनौती नगरपालिकाको बजार क्षेत्र मात्र नभई गाउँ-गाउँ समुदाय स्तरसम्म कोरोना प्रवेस गरिसकेको छ।
काभ्रे जिल्लाकै उच्च संक्रमित भएको पालिका मध्ये पनौती नगरपालिका पनि एक हो।
कोरोनाको दोश्रो लहर सुरु भए यता आज (बिहिबार)सम्म पनौती नगरपालिकाक १२ वटै वडाको तथ्यांक हेर्दा अहिले सक्रिय संक्रमितको संख्या अर्थात् उपचार गराई रहनेको संख्या ५१४ रहेको छ।
हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या ७०४ रहेको छ जसमा हालसम्म निको हुनेको कुल संख्या १७९ जना रहेको छ। यस्तै पनौती नगरपालिकामा कोरोनाका कारण ११ जनाले ज्यान गुमाएका छन्, जसमा ७ जना महिला र ४ जना पुरुष रहेका छन्।
पनौतीको कुन वडामा कति संक्रमित छन् त ? यो तलको तालिका हेरेर थाहा पाउन् सकिन्छ :-
प्रतिक्रिया दिनुहोस