काभ्रेमा आज थपिए १९७ जना संक्रमित, ८४ जना निको भए, ३ को मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार मा प्रकाशित ११५३ पटक पढिएको
काभ्रेमा आज थपिए १९७ जना संक्रमित, ८४ जना निको भए, ३ को मृत्यु

जेठ ७, काभ्रे।  जिल्लामा थप १ सय ९७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सबैभन्दा धेरै संक्रमित पाँचखाल नगरपालिकाबाट थपिएका छन्ज, जहाँ ७६ जना संक्रमित थपिएका छन्।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ६६ जना, धुलिखेलमा ५० जना, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, महाभारत गाउँपालिकाबाट २ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट २ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए।

उनका अनुसार योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ६ हजार ९ सय ६६ पुगेको छ । जसमध्ये ४३ सय ९८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लामा अहिले २४ सय ६९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालय प्रमुख डा. झाले बताए । जसमध्ये २३ सय ५० जना होम आइसोलेसनमा र १ सय १९ जना अस्पताल आइसोलेसनमा उपचाररत रहेको उनले जानकारी दिए ।

त्यस्तै काभ्रेमा आज ८४ जनाको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जानकारी दिएको छ।

३ संक्रमितको मृत्यु

काभ्रेमा पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोरोना संक्रमणका कारण धुलिखेल नगरपालिकाका ७४ वर्षीय पुरुषको जेष्ठ ५ गते घरमै मृत्यु भएको छ । मृतकमा बैशाख २५ गते संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डा।झाले बताए । उनका अनुसार धुलिखेल नगरपालिकाकी ५२ वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको छ । मृतकमा बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुषको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा आज मृत्यु भएको कार्यालयले जनाएको छ । मृतकमा जेष्ठ ५ गते संक्रमण पुष्टि भएको उनले बताए । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस