कोरोना काभ्रे: कोरोनाका हटस्पट पनौती, धुलिखेल र पाँचखाल नगरपालिका शनिबारदेखि शिल

रोशी गाउँपालिका शुक्रबार रातीदेखि शिल
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार मा प्रकाशित १३३१ पटक पढिएको
कोरोना काभ्रे: कोरोनाका हटस्पट पनौती, धुलिखेल र पाँचखाल नगरपालिका शनिबारदेखि शिल

जेठ ७, काभ्रे। काभ्रेका तीनवटा नगरपालिका शनिबारबाट ‘शिल’ गरिने भएको छ। कोरोंना संक्रमण दर अत्याधिक भएपछि संक्रमणको बढ्दो  लहरो न्यूनीकरण तथा नियन्त्रण गर्ने नगरपालिका क्षेत्र शिल गर्न पनौती, धुलिखेल र पाँचखाल नगरपालिकाले शनिबारबाट आफ्नो क्षेत्रमा पूर्णरुपमा शिल गर्ने निर्णय गरेका हुन्।

शिल गरेको समयमा औषधि पसल तथा स्वास्थ्य उपचारसंग सम्बधित पसल बाहेक अन्य कुनै पनि पसल खोल्न पूर्णरुपमा रोक लगाईएको छ। अत्यावश्यक सेवाका सवारी बाहेक सम्पूर्ण निजि तथा सार्वजनिक सवारीका साधन संचालनमा पूर्ण प्रतिबन्ध लगाईएको नगपालिकाहरुले सार्वजनिक सूचना मार्फत जानकारी गराएका छन्।

यसअघि बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिकाले आ-आफ्ना नगर क्षेत्र शिल गरिसकेका छन्।

पनौती नगरपालिका 

पनौती नगरपालिका शनिबार राति १२ बजेदेखि शिल हुनेछ भने, १२ गते राति १२ बजेसम्म पूर्ण रूपमा शिल लागू रहने छ। पनौती नगरपालिका कोरोना संक्रमित उच्च भएको जिल्लाको तीन नगरपालिका मध्येको एक हो।

धुलिखेल नगरपालिका

धुलिखेल नगरपालिका क्षेत्र पनि शनिबारदेखि शिल गरिने भएको छ। धुलिखेलमा भोली राति १२ बजेदेखि १२ गते रातको १२ बजेसम्म शिल गर्ने निर्णय गरिएको छ।

पाँचखाल नगरपालिका १५ दिनका लागि शिल 

पाँचखाल नगरपालिका शनिबार दिउँसो २ बजेदेखि १५ दिनका लागि शिल गरिएको छ। पाँचखाल नगरपालिकामा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

रोशी गाउँपालिका

रोशी गाउँपालिका पनि शिल गर्ने निर्णय गरिएको छ। शुक्रबार राती १२ बजेदेखि शिल लागू भई १२ गते राते १२ बजेसम्म जारि रहने गाउँपालिका कार्यालयले जनाएको छ।

पालिका शिल गर्ने सम्बन्धि विभिन्न पालिकाले प्रकाश गरेका सार्वजनिक सूचनाहरु:-


प्रतिक्रिया दिनुहोस