आज १८४ थपिएसंगै काभ्रेमा सक्रिय संक्रमितको संख्या २ हजार ६५१, दुइको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार मा प्रकाशित ७६९ पटक पढिएको
आज १८४ थपिएसंगै काभ्रेमा सक्रिय संक्रमितको संख्या २ हजार ६५१, दुइको मृत्यु

जेठ ८, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (शनिबार) थप १८४ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणको हटस्पट रहेको बनेपा नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका १८४ जना मध्ये बनेपाका मात्रै ४१ जना रहेका छन्।

यसैगरी संक्रमण दर उच्च रहेको नमोबुद्ध नगरपालिकामा ३७ जना, मण्डनदेउपुरमा ३६, पाँचखालमा १२ जना, धुलिखेलमा ६ जना, पनौतीमा ६ जना, यसैगरी गाउँपालिकाहरुमा चौरीदेउराली गाउँपालिकामा २७, भुम्लुमा १४ जना र बेथानचोकमा ५ जना गरी जम्मा १८४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६५१ पुगेको छ। जसमा ११८४ जना महिला र १४६७ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ७ हजार १५० पुगेको कार्यालयले जनाएको छ।

२ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज २ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा बनेपाका ४८ वर्षीय पुरुष र पाँचखालका ५५ वर्षीय पुरुष दुबैजनाको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस