चौंरीदेउराली गाउँपालिकालाई व्यवसायी गौतमद्वारा अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामाग्री सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार मा प्रकाशित ७६९ पटक पढिएको
चौंरीदेउराली गाउँपालिकालाई व्यवसायी गौतमद्वारा अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामाग्री सहयोग

जेठ ८, काभ्रे। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई निर्माण व्यवसायी तथा समाजसेवी रामबहादुर गौतमले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ। गाउँपालिकामा कोरोना भाइरस संक्रमण तीब्र गतिमा बढ्दै गएपछि रोकथाम, नियन्त्रण र उपचारको लागि भन्दै गौतमले उक्त सामाग्री सहयोग गर्नुभएको हो।

समाजसेवी गौतमले उक्त स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष दिननाथ गौतमलाई आज (शनिबार) हस्तान्तरण गर्नुभएको हो। धुसेनी शिवालय प्राथमिक अस्पतालको लागि सो सामाग्री हस्तान्तरण गरिएको थियो। सहयोग प्राप्त सामाग्रीहरुमा ९ थान बेड, (म्याट, बेड्सिट, पिलो सहित), मास्क ४००० पिस, अक्सिजन सिलिण्डर ६ थान, ३० लिटर सेनिटाइजर लगायतका रहेको छ ।

सिंगो मुलुक नै महामारीको चपेटामा परेको बेला गाउँपालिकाको लागि यसरी सहयोग गरेकोमा समाजसेवी गौतमालाई अध्यक्ष गौतमले धन्यवाद ज्ञापन गर्नुभयो।

 


प्रतिक्रिया दिनुहोस