काभ्रेमा कोरोना अझै तिब्र फैलदै, आज थपिए ३७४ संक्रमित, ७ जनाको मृत्यु

१४१ डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार मा प्रकाशित ७४४ पटक पढिएको
काभ्रेमा कोरोना अझै तिब्र फैलदै, आज थपिए ३७४ संक्रमित, ७ जनाको मृत्यु

जेठ १०, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (सोमबार) थप ३७४ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणको हटस्पट रहेको बनेपा नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका ३७४ जना मध्ये बनेपाका मात्रै ७० जना रहेका छन्।

यसैगरी, जिल्लाको दोश्रो कोरोना हटस्पट पनौती नगरपालिकामा ६७ जनालाई संक्रमण पुष्टि भएको छ।

यसैगरी संक्रमण दर उच्च रहेको धुलिखेलमा ४५ जना, नमोबुद्ध नगरपालिकामा ३५ जना, पाँचखालमा २५, मण्डनदेउपुरमा २१ जना, यसैगरी गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा ३७ जना, तेमालमा २८, भुम्लुमा १९, चौरीदेउरालीमा १४, बेथानचोकमा १२ र महाभारतमा १ जना गरी जम्मा ३७४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ८०८ पुगेको छ। जसमा १२४८ जना महिला र १५६० जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ७ हजार ५४३ पुगेको कार्यालयले जनाएको छ।

७ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ७ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा धुलिखेलका ६४, ८३ वर्षीय महिला र ७५ वर्षीय पुरुष. पाँचखालका ३९ वर्षीय पुरुष, भुम्लुका ३६ वर्षीय पुरुष, बेथानाचोकका ५८ वर्षीय पुरुष र भक्तपुरका ४५ वर्षीय महिला सहित ७ जाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

१४१ डिस्चार्ज

यस्तै सोहि अवधिमा १४१ जना संक्रमण मुक्त भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका १४१ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस