मण्डनदेउपुर नगरपालिका भोलि १२ गतेदेखि शिल

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित १०८९ पटक पढिएको
मण्डनदेउपुर नगरपालिका भोलि १२ गतेदेखि शिल

जेठ ११, काभ्रे। मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगर क्षेत्र शिल गर्ने भएको छ। काभ्रेको विभिन्न पालिकासंगै आफ्नो नगर क्षेत्रमा पनि संक्रमितको संख्या उच्च भएपछि नगरपालिकाले भोलि (वुधबार) देखी शिल निर्णय गरेको हो।

नगरप्रमुख टोकबहादुर वाईबाद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा  जेठ १२ गतेदेखि २१ गतेसम्म शिल गरिने जनाईएको छ। कोरोना भाईरसको नियन्त्रण र रोकथामका लागि ९ दिनसम्म नगरका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा शिल गरिएको सूचनामा जनाईएको छ।

शिल अवधिभर औषधि र इन्धन बाहेक अन्य पसल खोल्न पूर्ण निषेध गरिएको छ। सो अवधिमा स्वास्थ्यका अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन र मानवीय हिड्डुल गर्न समेत प्रतिबन्ध लगाईएको छ। यस्तै स्थानीय दूध डेरी संकलन तथा बिक्रि पूर्ण रुपमा बन्दगर्न भनिएको छ।mandan मण्डन

मण्डनदेउपुर नगर क्षेत्रमा कोरोना संक्रमण निकै फैलिएकोले नगरबासिकै सुरक्षाको लागि शिल गरिएकोले यसको पालना गर्न आग्रह गर्दै अवज्ञा गरे संक्रामक रोग ऐन अन्तर्गत कारवाही गरिने पनि सूचनामा भनिएको छ।

यसअघि आफ्नो नगर क्षेत्रमा पनि संक्रमितको संख्या उच्च भएपछि बनेपा नगरपालिका, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध

मण्डनदेउपुर नगरपालिकाद्वारा जारी सूचना:-


प्रतिक्रिया दिनुहोस