पत्रकार महासंघ काभ्रेको आपतकालीन राहत कोषमा प्रेस युनियनको १ लाख ११ हजार १११ सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित ८४६ पटक पढिएको
पत्रकार महासंघ काभ्रेको आपतकालीन राहत कोषमा प्रेस युनियनको १ लाख ११ हजार १११ सहयोग

जेठ ११, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रेको आपतकालीन राहत कोषमा नेपाल प्रेस युनियन काभ्रेले आर्थिक सहयोग गरेको छ। आज (मंगलबार) महासंघको कार्यालय बुडोलामा नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइरालाले पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनालाई रु. १,११,१११/-(एक लाख एघार हजार एक सय एघार) रुपैया हस्तान्तरण गर्नुभयो।

प्रेस युनियनमा आवद्द सदस्यहरु, सल्लाहकार तथा अग्रज पत्रकारबाट संस्थागत रुपमा उक्त सहयोग उपलब्ध गराइएको हो।

पत्रकार महासंघ काभ्रेका अध्यक्षले तिमल्सिनाले सहयोगको उच्च प्रसंशा गर्दै नेपाल प्रेस युनियन काभ्रे परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभयो।

कोरोना महामारीको समयममा अग्रपंक्तिमा खटिने पत्रकारका लागी राहत मिलोस भन्ने उद्देश्यले स्थापित उक्त राहत कोषमा ७ लाख ५० हजार भन्द बढी जम्मा भैसकेको छ।

राहत कोषमा काभ्रेली अग्रज पत्रकार, क्रियाशील पत्रकार, विभिन्न संघ-सस्था, विभिन्न जिल्ला तथा देशविदेशमा रहेका शुभचिन्तक, व्यावशायी, समाजसेवीलगाएतले अमुल्य सहयोग गरिरहनु भएको छ।

सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ तथा नेपाल पत्रकार महासंघ काभ्रेको बैंक खाता रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिलेट, धुलिखेल शाखामा खाता नम्बर- 1040100007202001 मा रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस