पनौती र बनेपा नगर क्षेत्र थप ५ दिन ‘शिल’ गरिने, पनौतीले दूध संकलन नरोक्ने

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित ११८३ पटक पढिएको
पनौती र बनेपा नगर क्षेत्र थप ५ दिन ‘शिल’ गरिने, पनौतीले दूध संकलन नरोक्ने

जेठ ११, काभ्रे। जिल्लाका पनौती र बनेपा नगरपालिकाले आफ्ना नगर क्षेत्र शिलको अवधि थप गरेका छन्। दुवै नगरपालिकाले आज सूचना जारी गर्दै आफ्ना नगर क्षेत्र थप ५ दिन शिल गर्ने जानकारी गराएका छन्।

कोरोना भाइरस (कोभिड-१९) न्युनिकरणमा ‘शिल’को समयमा संक्रमण बिस्तार हुन नदिन मद्दत पुगेकाले यसको अवधि थप गरिएको सूचनामा जनाईएको छ।

पनौती नगरपालिकाको शिलको अवधि भोलि १२ गते राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म ५ दिनका लागी तोकिएको छ। पनौती नगरपालिकाको शिलको अवधि भोलि १२ गते राती १२ बजे सकिदै थियो।

पनौतीले दूध संकलन नरोक्ने

यसैबीच पनौती नगरपालिकाले दूध संकलन नरोक्ने भएको छ। दूध संकलक डेरीहरुले बिहान ५:३० देखि ६:३० भित्र दूध संकलन गरिसक्नु पर्ने सूचनामा उल्लेख गरिएको छ। यस्तै बेलुका दूध संकलक गर्ने डेरीहरुले ६ बजेदेखि ७ बजेसम्म काम सक्नुपर्ने जनाईएको छ।

स्वास्थ्य मापदण्ड पालना गरी, मास्क अनिवार्य लगाउनुपर्ने र दूध बेचिसके पछी छेउमा जम्मा भएर नबस्ने, संगैको होटेलको छेउ-छाउमा गएर बस्ने काम नगर्न पनि भनिएको छ। दूध संकलन कार्य सकिए पछी उक्त ठाउँमा पूर्ण रुपमा सरसफाई गर्न पनौती नगरपालिकाले अनुरोध गरेको छ।

बनेपा ५ दिन शिल

यस्तै बनेपा नगपालिकाले पनि ५ शिलको मिति थप गरेको छ। बनेपा नगरपालिकामा संक्रमणको जोखिम कायम रहेकाले र संक्रमण दर न्यूनीकरण गर्न अजि पनि शिलको अवधि थप गरिएको नगरपालिकाले जनाएको छ।

बनेपा नगर क्षेत्र भोलि जेठ १२ गते राति बजेदेखी १७ गते राती १२ बजेसम्मको लागी शिल गरिएको छ।

पनौती र बनेपा नगरपालिकाले जारी गरेका सूचना:-

 

 


प्रतिक्रिया दिनुहोस