पाँचखालमा ह्वात्तै बढे संक्रमित, जिल्लाभर थपिए ३३१ संक्रमित, ४९९ जना निको भए

५ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित ६५७ पटक पढिएको
पाँचखालमा ह्वात्तै बढे संक्रमित, जिल्लाभर थपिए ३३१ संक्रमित, ४९९ जना निको भए

जेठ ११, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (मंगलबार) थप ३३१ जना संक्रमित थपिएका छन्।

आज पाँचखाल नगरपालिकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। आज थपिएका ३३१ जना मध्ये पाँचखालका मात्रै १७१ जना रहेका छन्।

यसैगरी, जिल्लाको कोरोना संक्रमणको हटस्पट बनेपा नगरपालिकामा ६० जनालाई संक्रमण पुष्टि भएको छ।

यसैगरी संक्रमण दर उच्च रहेको पनौती नगरपालिकामा २४ जना, धुलिखेलमा १७ जना, मण्डनदेउपुरमा १२ जना, नमोबुद्धमा ३ जना,  यसैगरी गाउँपालिकाहरुमा बेथानचोक गाउँपालिकामा ३५ जना, भुम्लुमा ७ र तेमालामा २ जना गरी जम्मा ३३१ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६४० पुगेको छ। जसमा ११६७ जना महिला र १४७३ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ७ हजार ८७६ पुगेको कार्यालयले जनाएको छ।

४९९ डिस्चार्ज

यस्तै आज सबैभन्दा धेरै ४९९ जना संक्रमण मुक्त भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका ४९९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

५ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ५ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा पनौतीका ६४ वर्षीय पुरुष, नमोबुद्ध ७० वर्षीय महिला, धुलिखेलका ४७ वर्षीय पुरुष, भक्तपुरका ७२ र ८१ महिला र पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस