काभ्रेमा कोरोना जित्नेको संख्या बढ्दै, आज ३०३ संक्रमणमुक्त

४ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ९६४ पटक पढिएको
काभ्रेमा कोरोना जित्नेको संख्या बढ्दै, आज ३०३ संक्रमणमुक्त

जेठ १२, काभ्रे। काभ्रेमा कोरोना भाइरस (कोभिड-१९)लाइ जित्दै संक्रमण मुक्त हुनेको संख्या बढ्न थालेको छ। आज (वुधबार) एकैदिन कोरोना संक्रमण मुक्त हुनेको संख्या ३०३ रहेको छ।

जिल्लाका संक्रमण दर तिब्र भएका पालिकाहरुमा शिल गरिएका कारणले पनि संक्रमणको लहरो तोडिएकोले संक्रमण दर कम हुदै गएको बताईएको छ।

यस्तै,  आजै काभ्रेमा थप १७२ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणको हटस्पट रहेको धुलिखेल नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका १७२ जना मध्ये धुलिखेलका मात्रै ५४ जना रहेका छन्।

यसैगरी, जिल्लाको पहिलो कोरोना हटस्पट बनेपा नगरपालिकामा संक्रमितको दर घटेको छ। आज बनेपामा १३ जना मात्र संक्रमित थपिएका छन्।

यसैगरी पनौती नगरपालिकामा ४ जना, मण्डनदेउपुरमा ५, पाँचखालमा ४, नमोबुद्धमा २, यसैगरी गाउँपालिकाहरुमा बेथानचोक गाउँपालिकामा ३० जना, रोशीमा ३०, भुम्लुमा २१, तेमालमा ९ जना गरी जम्मा १७२ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ५०६ पुगेको छ। जसमा १०९५ जना महिला र १४११ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ८ हजार ०४८ पुगेको कार्यालयले जनाएको छ।

४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ४ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा धुलिखेलका ६२ वर्षीय महिला, पनौतीका ४८ वर्षीय पुरुष, रोशी गाउँपालिकाका ७२ वर्षीय महिला र भक्तपुरका ७२ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस