काभ्रेका ७ वटा पालिका ‘शिल’, कुन पालिका कहिलेसम्म शिल ?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ११९६ पटक पढिएको
काभ्रेका ७ वटा पालिका ‘शिल’, कुन पालिका कहिलेसम्म शिल ?

जेठ १२, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिका आजदेखि शिल भएको छ। बेथानचोकमा पनि कोरोना संक्रमण दर उच्च हुन थालेपछि आज (बुधबार) राति १२ बजेदेखि गाउँपालिकाको पुरै क्षेत्र शिल गरिएको हो।

आज १२ गते राती १२ बजेदेखि १८ गते राति १२ बजेसम्मका लागि शिल गरिएको बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीद्वारा जारी गरेको सूचना भनिएको छ।

शिल अवधिभर गाउँपालिका क्षेत्रभित्र औषधी पसल बाहेक दूध संकलन, बिक्री, वितरण तथा कुनै पनि होटल, पसल ब्यवसाय खोल्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

अत्यावश्यक कामका लागी मात्र गाउँपालिकाको स्वीकृती लिएर आवतजावत तथा सवारी साधन प्रयोग गर्न पाईने रकर्मचारी र जनप्रतिनिधिले परिचयपत्र अनिवार्य लगाउने पर्ने सूचनामा जनाईएको छ। यस्तै मास्क नलगाई सार्वजनिक ठाउँमा हिड्डुल गर्नेलाई १ सय तथा सावरी साधन चलाउने र पसल खोल्नेलाई ५ सय रूपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेले हिजो जेठ ११ गतेदेखि जेठ २२ गतेसम्म निषेधाज्ञाको समय थप गरेको छ।

५ वटा पालिकाले थपे ‘शिल’ अवधि 

बनेपा नगपालिका

बनेपा नगपालिकाले पनि ५ शिलको मिति थप गरेको छ। बनेपा नगरपालिकामा संक्रमणको जोखिम कायम रहेकाले र संक्रमण दर न्यूनीकरण गर्न अजि पनि शिलको अवधि थप गरिएको नगरपालिकाले जनाएको छ।

बनेपा नगर क्षेत्र आज जेठ १२ गते राति बजेदेखी १७ गते राती १२ बजेसम्म को लागी शिल गरिएको छ।

पनौती नगरपालिका

पनौती नगरपालिकाले पनि आफ्ना नगर क्षेत्र शिलको अवधि थप गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै आफ्ना नगर क्षेत्र थप ५ दिन शिल गर्ने जानकारी गराएको हो।

पनौती नगरपालिकाको शिलको अवधि आज राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म ५ दिनका लागी तोकिएको छ। पनौती नगरपालिकाको यस अघि गरिएको शिलको अवधि आजै १२ गते राती १२ बजे सकिदै थियो।

यसैबीच पनौती नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै दूध संकलन नरोक्ने भएको छ। दूध संकलक डेरीहरुले बिहान ५:३० देखि ६:३० भित्र दूध संकलन गरिसक्नु पर्ने सूचनामा उल्लेख गरिएको छ। यस्तै बेलुका दूध संकलक गर्ने डेरीहरुले ६ बजेदेखि ७ बजेसम्म काम सक्नुपर्ने जनाईएको छ।

धुलिखेल नगरपालिका 

धुलिखेल नगरपालिकाले पनि शिल अवधि लम्ब्याएको छ। आज राती जेठ १२ गते १२ बजेदेखि जेठ २२ गते राती १२ बजेसम्मका लागी नगरपालिकाको शिल अवधि थप गरेको छ। यसघि नगरपालिकाले जेठ ७ गते आज राति १२ बजेसम्मका लागि नगरपालिकाको पुरै क्षेत्र शिल गरेको थियो।

नमोबुद्ध नगरपालिका 

नमोबुद्ध नगरपालिका क्षेत्र थप एक साताका लागि सिल गरिने भएको छ। आज (वुधबार) जेठ १२ गते रातीदेखि जेठ १९ गते राती १२ बजेसम्म नगरक्षेत्रमा गरिएको सिल कायम रहनेछ।

यसअघि नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जेठ ५ गते बुधबार राती १२ बजेदेखि जेठ १२ गते राती १२ बजेसम्म सिल गरिएको थियो।

रोशी गाउँपालिका

जिल्लाको रोशी गाउँपालिकाले पनि आफ्नो क्षेत्रको शिल अवधि ७ दिन थप गरेको छ। गाउँपालिका अध्यक्ष दिलबहादुर मोक्तानद्वारा जारी सूचनामा कोरोनाको बढ्दो संक्रमण दरलाई न्यूनीकरण गर्न शिल अवधि थप गरिएको जनाईएको छ।

गाउँपालिकाले जेठ १२ गते राती १२ बजेदेखि लागू हुनेगरी जेठ १९ गते राती १२ बजेसम्मका लागि पुन: शिलको अवधि थप गरेको हो।

पाँचखाल नगरपालिकाको जारी 

पाँचखाल नगरपालिकाले पनि आफ्नो क्षेत्रको शिल जारी राखेको छ। पाँचखाल नगरपालिकाले  जेठ ८ गते शनिबार दिउँसो २ बजेदेखि १५ दिनका लागि शिल गरिएको थियो। पाँचखाल नगरपालिकामा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।


प्रतिक्रिया दिनुहोस