काभ्रेमा आज १७५ जनालाई संक्रमण पुष्टि, ९८ जनाले जिते कोरोना

३ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १३, बिहिबार मा प्रकाशित ७६० पटक पढिएको
काभ्रेमा आज १७५ जनालाई संक्रमण पुष्टि, ९८ जनाले जिते कोरोना

जेठ १३, काभ्रे। काभ्रेमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १७५ जना संक्रमित भएका छन्।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज (विहिबार) जिल्लाका शहरी क्षेत्र भन्दा पनि ग्रामिण क्षेत्रमा संक्रमण बढ्न थालेको छ।

आज सबै भन्दा धेरै तेमाल गाउँपालिकामा संक्रमितको संख्या धेरै रहेको छ। आज जिल्लामा थपिएका जम्मा १७५ मध्ये तेमालका मात्रै ५७ जना संक्रमित रहेका छन्।

यस्तै, मण्डनदेउपुर नगपालिकामा ३१ जना, बनेपामा २१, पाँचखालमा १८, नमोबुद्धमा ३ जना रहेका छन्। यस्तै गाउँपालिका अन्तर्गत भुम्लु गाउँपालिकामा २६ जना,  बेथानाचोकमा ६, रोशीमा ५, खानीखोलामा ४, चौरीदेउरालीमा ३, महाभारतमा १ जना गरी जम्मा १७५ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ५८२ पुगेको छ। जसमा ११२० जना महिला र १४६२ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ८ हजार २२४ पुगेको कार्यालयले जनाएको छ।

९८ जना निको भए 

यस्तै आज ९८ जना संक्रमण मुक्त भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका ९८ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ३ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा पनौतीका ५३ वर्षीय महिला, बनेपाका ५० वर्षीय पुरुष र ललितपुरका ३१ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस