काभ्रेमा आज २१४ जनालाई संक्रमण पुष्टि, १९७ जनाले जिते कोरोना

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित ६७५ पटक पढिएको
काभ्रेमा आज २१४ जनालाई संक्रमण पुष्टि, १९७ जनाले जिते कोरोना

जेठ १४, काभ्रे। काभ्रेमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २१४ जना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज (शुक्रबार) सबै भन्दा धेरै धुलिखेल नगरपालिकामा संक्रमितको संख्या धेरै रहेको छ। आज जिल्लामा थपिएका जम्मा २१४ मध्ये धुलिखेलका मात्रै ७९ जना संक्रमित रहेका छन्।

यस्तै, नेपामा नगपालिकामा ३९, मण्डनदेउपुर  ३३ जना, पनौतीमा २८, पाँचखालमा १९, नमोबुद्धमा ३ जना रहेका छन्। यस्तै गाउँपालिका अन्तर्गत बेथानाचोक गाउँपालिकामा ८, रोशीमा २, भुम्लुमा १, चौरीदेउरालीमा १, तेमालामा १ जना गरी जम्मा २१४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ५९९ पुगेको छ। जसमा ११३२ जना महिला र १४६७ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ८ हजार ४३८ पुगेको कार्यालयले जनाएको छ।

१९७ जना निको भए

यस्तै आज १९७ जना संक्रमण मुक्त भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका १९७ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ४ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा मण्डनदेउपुरका ६४ वर्षीय पुरुषको बीर अस्पताल काठमाडौं,  बनेपाका ६० वर्षीय पुरुष, भक्तपुरका ६३ वर्षीय पुरुष र सर्लाहीका ५८ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस