काभ्रेमा आज १६८ जनाले जिते कोरोना, ५८ जनालाई संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित ११२४ पटक पढिएको
काभ्रेमा आज १६८ जनाले जिते कोरोना, ५८ जनालाई संक्रमण पुष्टि

जेठ १६, काभ्रे। काभ्रेमा आज १६८ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई जित्दै संक्रमण मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा १६८ जना संक्रमण मुक्त भएका हुन्।

यस्तै आज (आइतबार) काभ्रेमा ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा थपिएका जम्मा ५८ मध्ये  पाँचखाल नगरपालिकाका सबै भन्दा धेरै ३२ जना संक्रमित थपिएका छन्।

यस्तै, मण्डनदेउपुर नगपालिकामा ७ जना, बनेपामा ३, धुलिखेलमा ३, यस्तै रोशी गाउँपालिकामा १० जना, भुम्लुमा २, चौरिदेउरालीमा १ जना गरी जम्मा ५८ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ३७२ रहेको छ। जसमा १०३८ जना महिला र १३३४ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ८ हजार ५६२ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा १ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा १ जनाको मृत्यु छ। आज मृत्यु हुनेमा म्याग्दीका ८२ वर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस