कोरोना कहरमा बनेपा र पनौतीका विपन्न परिवारलाई खाद्यान्न वितरण

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित ९५० पटक पढिएको
कोरोना कहरमा बनेपा र पनौतीका विपन्न परिवारलाई खाद्यान्न वितरण

जेठ १७, काभ्रे। काभ्रेको पनौती र बनेपा आसपासका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ। नगर क्षेत्र शिल भएपछी दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भोला अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा नगर समितिले २५ परिवारलाई दाल, चामल, तेल, नुन, साबुन लगायतका सामान उपलब्ध गराएको हो। पनौती बाँसघारी, बनेपा, जनागाल, भैंसेपाटी र नयाँबस्तीमा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई उक्त खाद्यान्न सामाग्री प्रदान गरिएको हो।

एकातिर रोगको चिन्ता, अर्कोतिर दैनिक रुपमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न परिवारमा निषेधाज्ञा र नगर क्षेत्र शिल गरिएको कारण धेरै समस्यामा परेर चुलो बाल्न समेन कठिन भएकाहरुको पहिचान गरी संंगठनको नेतृत्वमा सामग्री वितरण गरेको ट्रेड युनियन महासंघ बनेपा नगर ईञ्चार्ज राजन अधिकारीले बताउनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासंघका भोला अर्याल, बनेपा नगर ईञ्चार्ज राजन अधिकारी र संयोजक मिनराज केसीको नेतृत्वले खाद्यान्न उपलब्ध गराएको हो। सो अभियानमा सामान ढुवानीका लागि यातायातको ब्यवस्थापन आर।पि।फर्निचरका सञ्चालक पुरुषोत्तम नेपालले गर्नुभएको थियो ।

कोरोना कहरका कारण संक्रमण रोकथाम र नियन्त्रणका लागि नगर क्षेत्र शिल गरेपछि विभिन्न ठाउँबाट आएर श्रम गरी परिवार पाल्दै आएका मजदुरहरुको पेशा नै रोकिएपछि उनीहरुले परिवार पाल्न समेत समस्या झेल्दै आएका छन् ।
महामारीमा रोगले भन्दा पनि भोकले नागरिक समस्यामा नपरुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस