पनौतीमा ‘शिल’ अवधि थप, भोलिदेखि तरकारी, खाद्यान्न तथा बैंक खुल्ने

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित १३३६ पटक पढिएको
पनौतीमा ‘शिल’ अवधि थप, भोलिदेखि तरकारी, खाद्यान्न तथा बैंक खुल्ने

जेठ १७, काभ्रे। पनौती नगरपालिकामा शिल अवधि थप गरिएको छ। भोलि (मंगलबार)देखि शिल अवधि थप गरिएसंगै अत्यावश्यक पसल भने सिमित समयाका लागी खोल्न दिईने भएको छ। आज १७ गते राती १२ बजेदेखि २२ गतेसम्म शिल अवधि थप गरिएको  हो।

पनौती नगरपालिकामा भोलिदेखि तरकारी, खाद्यान्न तथा बैंक खुल्ने भएका छन्। पनौती नगरपालिकाले आज एक सूचना जारी गर्दै शिल अवधिभर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै तरकारी, खाद्यान्न तथा बैंक खुल्ला गर्ने जनाईएको छ। आज १७ गते राती १२ बजेदेखि २२ गतेसम्म शिल अवधिभर सिमित समयका लागी तरकारी, खाद्यान्न तथा बैंक खुल्ने भएका हुन्।

तरकारी तथा खाद्यान्न पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोलि किनबेच गर्न पाईने छ। अत्यावश्यक पशुपन्छी आहार, बीउ बिजन, ताजा तरकारी, फलफुल तथा दैनिक अत्यावश्यक सामाग्रीहरु मापदण्डको पूर्ण पालना गर्दै सेवा लिन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

शिल अवधिमा कोरोना संक्रमणको दर घटेको उल्लेख गर्दै नगरपालिकाले तथापी संक्रमण फेरी पनि बढ्न सक्ने तर्फ ध्यान दिदै बिना काम घर बाहिर ननिस्कन र अनावश्यक आवत जावतलाई पूर्ण रुपमा निषेध गरिएको पनि स्मरण गराएको छ।

यस्तै, बैंकको हकमा सिमित जनाशक्तिको व्यवस्था गरी ‘क’ र ‘ख’ वर्गका बैंकहरुले तोकिएको मापदण्ड कायम गरी सेवा प्रवाह गर्न भनिएको छ।

नगरपालिकाले व्यवस्था गरेको बाहेक कुनै पनि बाहानामा अन्य सेवा तथा व्यावशाय गरेको पाईएमा सेवा लिने दिने दुबैलाई नियन्त्रणमा लिई कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ।

पनौती नगरपालिकाद्वारा जारी सूचना:-


प्रतिक्रिया दिनुहोस