केहि खुकुलो पार्दै बनेपाको ‘शिल’ हटाईयो, अत्यावश्यक व्यवशाय मात्र खोल्न पाईने

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित १०४३ पटक पढिएको
केहि खुकुलो पार्दै बनेपाको ‘शिल’ हटाईयो, अत्यावश्यक व्यवशाय मात्र खोल्न पाईने

जेठ १७, काभ्रे। बनेपा नगरपालिकाले केहि खुकुलो पार्दै आफ्नो क्षेत्रको ‘शिल’ हटाएको छ। यद्यपी जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञा भने जार्री नै रहने छ।

बनेपा नगरपालिकाले जारी गरेको शिल आज (सोमबार) राती १२ बजे सकिदैछ।

भोलि (मंगलबार) बाट बिहान ६ बजेदेखी १० बजेसम्म खाद्यान्न, ग्याँस, तरकारी, फलफूल, खानेपानी, पशुको दाना बेचबिखन गर्ने पसलहरू नेपाल सरकारले तोकेको जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर खोल्न पाईने बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती द्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ।

भोली बिहान देखि २६ गतेसम्मका लागि पसल खोल्ने समय निर्धारण गरिएको छ ।

औषधी तथा अस्पताल, विजुली, सञ्चारका कार्यालय, फोहोर मैला व्यवस्थापनका कार्यालयहरू पनि खोल्न पाईने छ ।

यस्तै, बैंक तथा वित्तीयहरूको हकमा कर्मचारीको व्यवस्थापनको आधारमा आलोपालो विधि मार्फत खोल्ने पाईने उल्लेख गरिएको छ।

यसैगरी निजी तथा सार्वजनिक सावरी साधन भने चल्न पाउने छैनन्।

उद्योग, कलाकारखाना पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने छ । भिडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट खोल्न पाईने छैन ।

बनेपा नगरपालिकाले नगरबासीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा अत्यावश्यक काम परे मास्क लगाएर मात्र हिड्न पनि आग्रह गरेको छ।

बनेपा नगरपालिकाद्वारा जारी सूचना:-

प्रतिक्रिया दिनुहोस