काभ्रेमा आज २४६ जनाले जिते कोरोना, १८३ जनामा कोरोना संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित १०२५ पटक पढिएको
काभ्रेमा आज २४६ जनाले जिते कोरोना, १८३ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १८, काभ्रे। काभ्रेमा आज २४६ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई जित्दै संक्रमण मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा २४६ जना संक्रमण मुक्त भएका हुन्।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परिक्षणबाट १२५ जना र एन्टीजेन परिक्षणबाट ५८ गरी १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पिसिआर परिक्षणबाट जिल्लामा थपिएका मध्ये धुलिखेल नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। धुलिखेलमा ४३  जना, बनेपामा ३१ जना, मण्डनदेउपुरमा १२, पनौतीमा ८ जना, पाँचखालमा ५, नमोबुद्धमा १ जना रेका छन्, यस्तै भुम्लु गाउँपालिकामा १९, चौंरीदेउरालीमा २, रोशीमा २, बेथानाचोकमा १ र तेमालमा १ जना गरी १२५ जना संक्रमित थपिएका छन्।

यसैगरी, एन्टीजेन परिक्षणबाट सबैभन्दा धेरै पनौती नगरपालिकामा संक्रमित पुष्टि भएका छन्। पनौतीमा ४७ जना, खानीखोला गाउँपालिकामा ८ जना, चौंरीदेउरालीमा २, भुम्लुमा १ जना गरी ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार १६४ रहेको छ। जसमा ९३२ जना महिला र १२३२ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ८ हजार ९९० पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा १ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ रौतहटका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस