काभ्रेमा फेरी कोरोना संक्रमित बढ्दै, आज ३२५ जनालाई संक्रमण पुष्टि, निको हुनेको संख्या २७३

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार मा प्रकाशित ६०५ पटक पढिएको
काभ्रेमा फेरी कोरोना संक्रमित बढ्दै, आज ३२५ जनालाई संक्रमण पुष्टि, निको हुनेको संख्या २७३

जेठ १९, काभ्रे। काभ्रेमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा ३२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परिक्षणबाट २२६ जना र एन्टीजेन परिक्षणबाट ९९ जना गरी जम्मा ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पिसिआर परिक्षणबाट जिल्लामा थपिएका मध्ये धुलिखेल नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। धुलिखेलमा ६६ जना, मण्डनदेउपुरमा ५२, पनौतीमा १९, बनेपामा १२, पाँचखालमा २ जना संक्रमित थपिएका छन् भने गाउँपालिका अन्तर्गत सबैभन्दा धेरै भुम्लु गाउँपालिका ५१ जनामा, रोशीमा २४ जना गरी जम्मा २२६ जनालाई संक्रमण देखिएको हो।

यसैगरी, एन्टीजेन परिक्षणबाट महाभारत गाउँपालिकामा ५२ जना, खानीखोलामा १३, बेथानाचोकमा १२, बनेपामा ९, तेमालमा ८, नमोबुद्धमा ५ जना गरी ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २१५ रहेको छ। जसमा ९५७ जना महिला र १२५८ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ९ हजार ३१५ पुगेको कार्यालयले जनाएको छ।

२७३ जनाले जिते कोरोना 

काभ्रेमा आज २७३ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई जित्दै संक्रमण मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा २७३ जना संक्रमण मुक्त भएका हुन्।

५ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज धुलिखेलका ४२ वर्षीय पुरुष, बनेपाका ३७ वर्षीय पुरुष, मण्डनदेउपुरका ८२ वर्षीय पुरुष, मन्थलीका ५६ वर्षीय महिला र सर्लाहीका ४७ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस