दैनिक गुजारा गर्न समस्यामा परेकालाई साहारा दिदै बनेपाका रत्नकुश ! नगद, खाद्यान्न र औषधि सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार मा प्रकाशित १३२२ पटक पढिएको
दैनिक गुजारा गर्न समस्यामा परेकालाई साहारा दिदै बनेपाका रत्नकुश ! नगद, खाद्यान्न र औषधि सहयोग

जेठ १९, काभ्रे। कोरोना भाइरस (कोभिड-१९) को प्रभावले समस्यामा परेका विपन्न परिवारलाई बनेपाका समाजसेवी रत्नकुश रंजितले नगद, खाद्यान्न र औषधि सहयोग गर्नुभएको छ।

बनेपा क्षेत्रका जनागाल, भैंसेपाटी, नयाँ लगाएतका ठाउँमा बसोबास गर्दै आएका दैनिक ज्यालादारी गर्ने विपन्न परिवार, श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दालमोठ, मस्यौरा लगायतका सामाग्री सहयोग गरेका हुन् ।

समाजसेवी तथा युवा व्यवसायी रंजितले निषेधाज्ञाको समयमा दैनिक गुजारा गर्न गाह्रो परेका परिवार तथा व्यक्तिलाई हरसम्भव सहयोग गर्ने बताउनुभएको छ।

दैनिक ज्यालादारी गर्ने विपन्न परिवार, श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरु धेरैलाई सहयोग गरिसकेको र अझै आफुलाई थाहा भएको र अप्ठ्यारोमा परेको कोहि कसैको खबर पाउने बित्तिकै सहयोगको लागी आफु तत्काल पहल गरिहाल्ने उहाको भनाई छ।

कोहि कसैलाई साँच्चिकै सहयोग चाहिएमा उहाँले फोन नं 9851084532 मा सम्पर्कमा आउन समेत आग्रह गर्नुभएको छ।

कोरोनाको जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा पनि उनले दैनिक ज्यालादारी गरेर खाने परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस