जेठ २०, काभ्रे। काभ्रेको धुलिखेल नगरपालिकाले कोरोना भाईरसको संक्रमणका कारण ज्यान गुमाएकाका परिवारलाई किरिया खर्च दिने भएको छ । संक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई किरिया खर्च वापत १५ हजार रुपौयाँ दिने निर्णय नगरपालिकाल गरेको नगर प्रमुख अशोक कुमार व्याञ्जू श्रेष्ठले बताउनुभयो ।
संक्रमणबाट ज्यान गुमाएकाका परिवारको मनोबल बढाउनुका साथै यस्तो बेला स्थानीय सरकारको उपस्थिति जनाउन थोरै रकम भए पनि सहयोग गर्ने उदेश्यले यस्तो निर्णय गरिएको बताईएको छ ।
नगरपालिकाले संक्रमणबाट ज्यान गुमाएकाका, सङ्क्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्श सहित घरदैलो कार्यक्रमसमेत गरिरहेको छ ।
यस्तै नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधिसहित सङ्क्रमितका घरमा पुग्ने गरेका छन् ।
नगरपालिकामा रहेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने कार्य नगरले गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस