काभ्रेमा आज १८२ जनाले जिते कोरोना, १५१ जनालाई संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २०, बिहिबार मा प्रकाशित ९१७ पटक पढिएको
काभ्रेमा आज १८२ जनाले जिते कोरोना, १५१ जनालाई संक्रमण पुष्टि

जेठ २०, काभ्रे। काभ्रेमा आज १८२ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई जित्दै संक्रमण मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा १८२ जना संक्रमण मुक्त भएका हुन्।

यस्तै, सोहि अवधिमा काभ्रेमा १५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परिक्षणबाट ११७ जना र एन्टीजेन परिक्षणबाट ३४ जना गरी जम्मा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पिसिआर परिक्षणबाट जिल्लामा थपिएका मध्ये बनेपा नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। बनेपामा ३७ जना, मण्डनदेउपुरमा २६, धुलिखेलमा २४, नमोबुद्धमा १४, पाँचखालमा ५, पनौतीमा ३, यस्तै चौरीदेउराली गाउँपालिमा ५, भुम्लुमा २, रोशीमा १ जना गरी १५१ जना संक्रमित थपिएका हुन्।

यसैगरी, एन्टीजेन परिक्षणबाट पनौतीमा २२ जना, चौरीदेउराली गाउँपालिमा ७ जना, बनेपामा ४, तेमालामा १ जना गरी ३४ जनालाई संक्रमण देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार १८३ रहेको छ। जसमा ९६३ जना महिला र १२२० जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ९ हजार ४६७ पुगेको कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चौरीदेउराली गाउँपालिकाका ५२ वर्षीय पुरुषको ओम अस्पताल काठमाडौंमा, तेमाल गाउँपालिकाका ७७ वर्षीय पुरुषको एभरेस्ट अस्पताल र रामेछापका ६० वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस