काभ्रेमा कोरोना जित्नेको संख्या उच्च, एकैदिन ३८६ जनाले जिते कोरोना, ७२ जनालाई संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ५६७ पटक पढिएको
काभ्रेमा कोरोना जित्नेको संख्या उच्च, एकैदिन ३८६ जनाले जिते कोरोना, ७२ जनालाई संक्रमण पुष्टि

जेठ २०, काभ्रे। काभ्रेमा आज ३८६ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई जित्दै संक्रमण मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ३८६ जना संक्रमण मुक्त भएका हुन्।

यस्तै, सोहि अवधिमा काभ्रेमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिसिआर परिक्षणबाट ४६ जना र एन्टीजेन परिक्षणबाट २६ जना गरी जम्मा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पिसिआर परिक्षणबाट जिल्लामा थपिएका मध्ये बनेपा नगरपालिकामा १४ जना, धुलिखेलमा १४, पनौतीमा ५, नमोबुद्धमा ४, मण्डनदेउपुरमा ३. पाँचखालमा २, यस्तै बेथानाचोक गाउँपालिकामा १, चौरीदेउरालीमा १, तेमालामा १, रोशीमा १ जना गरी ४६ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी, एन्टीजेन परिक्षणबाट पाँचखाल नगरपालिकामा १८ जना, बनेपामा ४, रोशी गाउँपालिकामा २, भुम्लुमा १, र चौरीदेउरालीमा १ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ८६९ रहेको छ। जसमा ८३८ जना महिला र १०३१ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ९ हजार ५३९ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस