जेठ २१, काभ्रे। जिल्लाको रोशी गाउँपालिकामा जारी शिल हटेको छ। गाउँपालिका अध्यक्ष डि.बि. लामाद्वारा हस्ताक्षरित सूचनामा रोशी गाउँपालिकामा जारी शिल हटाईएको उल्लेख गरिएको छ।
जेठ ७ गतेदेखि १२ गतेसम्म गाउँपालिका क्षेत्र शिल गरिएको थियो। पुन: गाउँपालिकाले जेठ १२ गते राती १२ बजेदेखि लागू हुनेगरी जेठ १९ गते राती १२ बजेसम्मका लागि पुन: शिलको अवधि थप गरेको थियो।
सुचनामा कोरोना भाईरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि गाउँपालिका क्षेत्र भित्र लगाईएको शिल संक्रमितको संख्या उल्लेख्य नै रहेता पनि लामो समय सम्म शिल कायम उपयुक्त नभएको र जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्ने गरी शिल हटाईएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस