काभ्रेमा एकैदिन थपिए २०६ जना संक्रमित, २७ जना डिस्चार्ज

२ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार मा प्रकाशित ९७० पटक पढिएको
काभ्रेमा एकैदिन थपिए २०६ जना संक्रमित, २७ जना डिस्चार्ज

जेठ २२, काभ्रे। काभ्रेमा आज २०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टाको अवधिमा पिसिआर परिक्षणबाट १५१ जना र एन्टीजेन परिक्षणबाट ५५ जना गरी जम्मा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

पिसिआर परिक्षणबाट जिल्लामा थपिएका मध्ये बनेपा नगरपालिकामा २६ जना, धुलिखेलमा २५, नमोबुद्धमा २१, पनौतीमा २०, पाँचखालमा १३ जना, यस्तै रोशी गाउँपालिकामा ३३, चौरीदेउरालीमा ८, भुम्लुमा ३, बेथानाचोक १, तेमालमा १ जना गरी १५१ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी, एन्टीजेन परिक्षणबाट महाभारत गाउँपालिकामा २४ जना, भुम्लुमा १३, खानीखोलामा ९, नमोबुद्ध नगरपालिकामा ७, चौरीदेउरालीमा २ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ०४८ रहेको छ। जसमा ९२६ जना महिला र ११२२ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ९ हजार ७४७ पुगेको कार्यालयले जनाएको छ।

२७ जना संक्रमण मुक्त

यस्तै सोहि अवधिमा जिल्लामा २७ जनाले कोरोलाई जित्दै संक्रमण मुक्त भएका छन्।

२ जनाको मृत्यु

यस्तै सोहि अवधिमा जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। मृतक पनौती नगरपालिकाका ५५ वर्षीय पुरुष र भुम्लु गाउँपालिकाका ७९ वर्षीय महिला रहेका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस