पनौती नगरपालिकाको आजसम्मको कोरोना बिवरण, कुन वडामा कति संक्रमित?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार मा प्रकाशित १७८६ पटक पढिएको
पनौती नगरपालिकाको आजसम्मको कोरोना बिवरण, कुन वडामा कति संक्रमित?

जेठ २२, काभ्रे। पनौती नगरपालिका क्षेत्रमा अहिले शिल जारी रहेको छ। नगरपालिका क्षेत्रमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेपछी शिल गरिएको हो।

दैनिक रुपमा पनौती नगरका विभिन्न क्षेत्रबाट स्वाब परिक्षणलागी आउने गरेका मध्येको धेरै जसो रिपोर्टमा संक्रमण देखिने गरेको छ। पनौती नगरपालिकाको बजार क्षेत्र मात्र नभई गाउँ-गाउँ समुदाय स्तरसम्म कोरोना प्रवेस गरिसकेको छ। यधपी नगर क्षेत्र शिल गरेपछि संक्रमण दर भने केहि कम भएको बताईएको छ।

कोरोनाको दोश्रो लहर सुरु भए यता आज जेठ २२ गते (शंनिबार)सम्म पनौती नगरपालिकाक १२ वटै वडाको तथ्यांक हेर्दा आजसम्म सक्रिय संक्रमितको संख्या अर्थात् उपचार गराई रहनेको संख्या १९२ रहेको छ।

पनौतीमा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या ९८० रहेको छ जसमा हालसम्म निको हुनेको कुल संख्या ७७१ जना रहेको छ। यस्तै पनौती नगरपालिकामा कोरोनाका कारण १७ जनाले ज्यान गुमाएका छन्, जसमा ९ जना महिला र ८ जना पुरुष रहेका छन्।

हाल उपचार गराईरहेका मध्ये १८५ जना होम अईसोलेसंमा बसेर उपचार गराईरहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।

काभ्रे जिल्लाकै उच्च संक्रमित भएको पालिका मध्ये पनौती नगरपालिका पनि एक हो।

पनौतीको कुन वडामा कति संक्रमित छन् त ? यो तलको तालिका हेरेर थाहा पाउन् सकिन्छ:-


प्रतिक्रिया दिनुहोस