डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित ११६५ पटक पढिएको
डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने

जेठ २३, काठमाडौं। डेनमार्क सरकारले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाइसकेको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागका महानिर्देशकले युनिसेफमा पत्र पठाइसकेका छन्।

डेनिस सरकारले युनिसेफमार्फत खोप सहयोग गर्ने पत्र प्राप्त भइसकेको र उक्त पत्रपछि यताबाट युनिसेफमा पत्र फर्वार्ड भइसके बताउदै उहाँले अब युनिसेफले नै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो।

डेनमार्क सरकारले एस्ट्राजेनिकाको १४ लाख डोज खोप दिने कुरा पत्रमा लेखिएको डा टिंकरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस