जेठ २३, काभ्रे। काभ्रेमा आज ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टाको अवधिमा पिसिआर परिक्षणबाट ३५ जना र एन्टीजेन परिक्षणबाट २६ जना गरी जम्मा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ०८६ रहेको छ। जसमा ४४३ जना महिला र ११४३ जना पुरुष रहेका छन्।
यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ९ हजार ८०८ पुगेको कार्यालयले जनाएको छ।
यस्तै सोहि अवधिमा जिल्लामा २३ जनाले कोरोलाई जित्दै संक्रमण मुक्त भएका छन्।
यस्तै सोहि अवधिमा जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृतक बनेपाका ७२ वर्षीय पुरुष, धुलिखेलका ५९ वर्षीय पुरुष र भक्तपुरका ६३ वर्षीय पुरुष गरी ३ जनाको मृत्यु रहेका छन्।
थप विवरण हेर्नुहोस:-
प्रतिक्रिया दिनुहोस