काभ्रेमा १४६ जनाले जिते कोरोना, आजै थपिए १४१ संक्रमित, ५ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ११६२ पटक पढिएको
काभ्रेमा १४६ जनाले जिते कोरोना, आजै थपिए १४१ संक्रमित, ५ जनाको मृत्यु

जेठ २४, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १४६ जना संक्रमण मुक्त भएका छन्।

यस्तै सोहि अवधिमा आज जिल्लामा १४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट १०० जना र एन्टीजेन परिक्षणबाट ४१ जना गरी जम्मा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ०८० रहेको छ। जसमा ९३६ जना महिला र ११४४ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ९ हजार ९५३ पुगेको कार्यालयले जनाएको छ।

५ जनाको मृत्यु 

यस्तै सोहि अवधिमा जिल्लामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस