काभ्रेमा दिनप्रतिदिन संक्रमितको संख्या घट्दै, आज १७६ जना निको हुदा ८० संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित ५८८ पटक पढिएको
काभ्रेमा दिनप्रतिदिन संक्रमितको संख्या घट्दै, आज १७६ जना निको हुदा ८० संक्रमित थपिए

जेठ २८, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १७६ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट ६२ जना र एन्टीजेन परिक्षणबाट १८ जना गरी जम्मा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७२२ रहेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार २८० पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तेमाल गाउँपालिकाका ८१ वर्षीय पुरुषको कान्तिपुर अस्पताल काठमाडौंमा उपचारको क्रममा २५ गते मृत्यु भएको हो।

१८५७ जनाले लगाए खोप

यसैगरी ६० देखि ६४ वर्षका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाउने क्रम जारी छ। आज जिल्लाभरका विभिन्न पालिकाको विभिन्न खोप केन्द्रमा गरी जम्मा १ हजार ८५७ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस