बनेपा नगरपालिकालाई चीनद्वारा ५४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

नौलो समाचार संवाददाता
२०७८ अषाढ २, बुधबार मा प्रकाशित ८०६ पटक पढिएको
बनेपा नगरपालिकालाई चीनद्वारा ५४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

असार २, काभ्रे। छिमेकी राष्ट्र चीनले बनेपा नगरपालिकालाई ठुलो मात्रामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। बनेपा नगरपालिकालाई चीनको सिगात्से नगरपालिकाद्वारा कोभिड-१९ विरुद्ध जुध्न ५४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

बनेपा नगपालिकालाई प्राप्त सामग्रीमा इसिजी मनिटर १२ थान, अक्सिजन कन्सन्ट्रेटर १२ थान, पिपिई ५०० थान, पल्र्स अक्सिमिटर ५० थान रहेका छन्। यस्तै मेडिकल ग्लोब्स १० हजार थान, डिस्पोजेबल मेडिकल क्याप १० हजार थान, एन ९५ मास्क ६ हजार ५ सय थान, मेडिकल शु-कभर ५ सय थान, नेबुलाइजर १० थान, डिस्पोजेबल मेडिकल मास्क २० हजार थान, ह्याण्ड फ्रि डिस्इन्फेक्टेड ५ सयथान,  मेडिकल बुट कभर १०० थान सामाग्री उपलब्ध गराएको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसीं बादेले वताउनुभयो।

तातोपानीनाका मार्फत पठाइएको सामाग्रीहरु नगरपालिकामा आईपुगेको हो। तातोपानी नाकामा नगरपालिकाका तर्फबाट वडा ५ अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का वडा वर्ण शाक्य, बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल प्रशासन प्रमुख जुजुभाई सुद्धाकारले सामाग्री बुझनु भएको थियो।


प्रतिक्रिया दिनुहोस