रेडक्रस सोसाइटी काभ्रेद्वारा विपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ अषाढ ६, आईतबार मा प्रकाशित ७२० पटक पढिएको
रेडक्रस सोसाइटी काभ्रेद्वारा विपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

असार ६ काभ्रे। नेपाल रेडक्रस सोसाइटी काभ्रेले जिल्ला स्तरीय विपद व्यवस्थापन समिति (DDMC) लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आज (आईतबार) एक कार्यक्रमका बिच विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्तिएको हो।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण कार्यक्रम मार्फत कोभिड १९ को महामारीको समयमा उक्त सामग्री प्रदान गरिएको हो। नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाका संयोजक नारायणप्रसाद ढुंगानाले हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क १२ हजार वटा, फेस सिल्ड ३०० वटा, सेनिटाईजर ८० लिटर र डिस्पोजेबल ग्लोब्स ५ प्याकेट रहेको छ।


प्रतिक्रिया दिनुहोस