काभ्रेमा निषेधाज्ञा केहि खुकुलो, निजि सवारी साधन जोर बिजोरमा चल्ने, पसलहरु हप्तामा ३ दिन खुल्ने

नौलो समाचार संवाददाता
२०७८ अषाढ ७, सोमबार मा प्रकाशित १२०६ पटक पढिएको
काभ्रेमा निषेधाज्ञा केहि खुकुलो, निजि सवारी साधन जोर बिजोरमा चल्ने, पसलहरु हप्तामा ३ दिन खुल्ने

असार ७, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा केहि खुकुलो गरेको छ। केहि खुकुलो गरेसंगै थप सात दिनको लागी निषेधाज्ञा पनि थप गरिएको छ।

प्रशासन कार्यालय काभ्रेले असार ८ गतेबाट लागू हुनेगरी १४ गतेसम्म केहि खुकुलो गर्दै निषेधाज्ञा थप गरेको हो।

यस्तै, प्रशासन कार्यालयले असार ८ गतेबाट निजि सवारी साधन जोर बिजोर प्रणालीबाट संचालन गर्न दिने भएको छ। मोटरसाइकल, स्कुटर, कार, जिप लगाएतका सम्पूर्ण निजि सवारी साधन जोर गते जोर नम्बरका सवारी तथा बिजोर गते बिजोर नम्बरका सवारी चलाउन पाईने छ। कार, जिप, भ्यानमा बढीमा ४ जना, ट्याक्सीमा ३ जना राख्न पाईने जारी आदेशमा जनाईएको छ।

सार्वजनिक बस तथा सवारी साधन भने निषेधाज्ञा अवधिभर संचालन गर्न नपाईने जारी आदेशमा जनाईएको छ।

पसल संचालन 

खाद्यान्न, डिपार्टमेन्टस्टोर, तरकारी, फलफुल, किराना, मासु, स्टेशनरी, पुजा सामग्री पसल सातै दिन बिहान ११:३० बजेसम्म संचालन गर्न पाईने आदेशमा जनाईएको छ।

यसैगरी सुन, भाडा पसल, भान्सा जन्य सामाग्री, इलेक्ट्रोनिक्स पसल, विधुतीय सामाग्री, अटो मोबाइल पार्ट्स, अटो मोबाइल शोरुम आइताबार, मंगलबार र बिहिबार बिहान १० बजेदेखि साझा ५ बजेसम्म खोल्न पाईने छ। यस्तै कस्मेटिक, फेन्सी पसल, जुत्ता, कपडा, साडी, गिफ्ट आईटम, टेलरिंग, खेलकुद सामाग्री पसल सोमबार, बुधबार र शुक्रबारमात्र संचालन गर्न पाईने आदेशमा जनाईएको छ।

थप विवरण हेर्नुहोस:-

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस