आजदेखि जिल्ला प्रशासन कार्यालय काभ्रे खुल्यो, तपाईको पालो कहिले?

नौलो समाचार संवाददाता
२०७८ अषाढ ८, मंगलबार मा प्रकाशित ३०६० पटक पढिएको
आजदेखि जिल्ला प्रशासन कार्यालय काभ्रे खुल्यो, तपाईको पालो कहिले?

असार ८, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले आफ्ना सेवा सुचारु गरेको छ। कोभिड १९ का कारण निषेधाज्ञा जारी भएपछी करीव दुई महिना सर्वसाधारणको लागी सेवा प्रवाह बन्द रहेको जिल्ला प्रशासन कार्यालय आजबाट खुलेको हो।

काभ्रेका १३ वटा स्थानीय तहका लागि बार अनुसार सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो।

अर्को सूचना जारी नहुँदासम्म लागि प्रत्येक हप्ताको आइतवार धुलिखेल नगरपालिका र तेमाल गाउँपालिका नागरिकले प्रशासन कार्यालयबाट सेवा लिन पाउनेछन्। त्यसैगरी सोमबार बनेपा नगरपालिका र जिल्लाको विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका स्थानीयले सेवा लिन पाउनेछन् ।

मंगलबार पाँचखाल नगरपालिका र चौंरीदेउराली गाउँपालिका का लागि छुट्याइएको छ। बुधबार मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका का स्थानीयले प्रशासन कार्यालयबाट सेवा लिन पाउनेछन्।

बिहीबार जिल्लाको पनौती नगरपालिका, बेथानाचोक र खानीखोला गाउँपालिकाका स्थानीयले सेवा लिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो।

शुक्रबार भने नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाउनेछन्।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना :-

 


प्रतिक्रिया दिनुहोस