काभ्रेमा आज ७८ जना संक्रमित निको भए, ४१ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

नौलो समाचार संवाददाता
२०७८ अषाढ ८, मंगलबार मा प्रकाशित ७१९ पटक पढिएको
काभ्रेमा आज ७८ जना संक्रमित निको भए, ४१ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

असार ८, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा ७८ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या भने दैनिक कम हुदै गईरहेको छ।

पिसिआर परिक्षणबाट ४० जना र एन्टीजेन परिक्षणबाट १ जना गरी जम्मा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ७५० मा झरेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ७३६ पुगेको कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोशी गाउँपालिकाका ४२ वर्षीय पुरुष, मण्डनदेउपुरका ६५ वर्षीय पुरुष र दोरम्बाका ५४ वर्षीय पुरुषको धुलिखेल अस्पतालम उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस